१३ असार २०८३, शनिबार | June 27, 2026

कालिका मानवज्ञान माविका ४२ विद्यार्थीले पाए निःशुल्क स्नातक छात्रवृत्ति, एमबीबीएसमै ११ जनाको सफल नाम



बुटवल । बुटवल-१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका कक्षा १२ उत्तीर्ण ४२ विद्यार्थी नेपाल सरकारले प्रदान गर्ने स्नातक तहको निःशुल्क छात्रवृत्तिमा छनोट भएका छन् । सामुदायिक विद्यालयतर्फ एकै वर्षमा यति ठूलो संख्यामा विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नु यो पहिलोपटक भएको विद्यालयले जनाएको छ ।

उत्तीर्ण विद्यार्थीमध्ये एउटै विद्यालयबाट ११ जनाले निःशुल्क एमबीबीएसमा नाम निकाल्दै उत्कृष्ट सफलता हासिल गरेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ११ जनाले एमबीबीएस, २३ जनाले बीफार्मा, दुई-दुई जनाले बीएससी नर्सिङ र बिबिएस्सी (BSc Ag/Forestry) तथा एक-एक जनाले बी-टेक र बिबिएसमा निःशुल्क छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रधानाध्यापक थापाले विद्यालय, विद्यार्थी र अभिभावकबीचको साझा सहकार्य र निरन्तर मेहनतकै कारण उत्कृष्ट नतिजा प्राप्त भएको बताए । उनका अनुसार विद्यालयले गुणस्तरीय शिक्षा, नियमित परामर्श तथा अनुशासित वातावरणमार्फत विद्यार्थीलाई लक्ष्य हासिल गर्न प्रेरित गर्दै आएको छ ।

कालिका मानवज्ञान मावि बुटवल-१० कालिकानगर र रामनगर गरी दुई सेक्टरमा सञ्चालन हुँदै आएको छ । देशकै सबैभन्दा बढी, ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक उपलब्धिका नयाँ कीर्तिमान स्थापित गर्दै आएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : २२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट