१२ आश्विन २०८३, सोमबार | September 28, 2026

विराटनगर आगजनी प्रकरणमा पूर्वसांसदका स्वकीय सचिव सहित पाँच जना पक्राउ



विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता समेत पक्राउ परेका छन् ।

मोरङ प्रहरीले पक्राउ परेका व्यक्तिहरूमा आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल रहेका जनाउँदै पाँचै जनालाई आइतबार साँझ पक्राउ गरिएको पुष्टि गरेको छ । उनीहरू मोरङ जिल्ला अदालतसहित विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

घटना भएका बेला अन्सारी तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का नेता तथा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । मन्त्री हुँदा समेत उनी मोदीकै स्वकीय सचिवको भूमिकामा रहेकाले घटनास्थलका सार्वजनिक भिडियोहरूमा आगजनीका क्रममा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आवास पौडेल नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता, अरुण साह एमालेका कार्यकर्ता तथा अन्सारी माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ र उनीहरू विरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आजै मोरङ जिल्ला अदालतमा पेश गरी उनीहरूको म्याद थपको प्रक्रिया अघि बढाइने प्रहरीको योजना छ । भदौ २४ को घटनामा संलग्न व्यक्तिहरूको पहिचान फोटो तथा भिडियोका आधारमा भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरी चौकी तथा गाडीमा आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ५२ बजे

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला । निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको

कालीगण्डकीमा जलसतह घट्यो, विद्युत् उत्पादन सुरु गर्ने तयारी

वालिङ । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत्