७ चैत्र २०८२, शनिबार | March 21, 2026

बाँके प्रहरीबाट क्युआरभी टोली परिचालन, २४ सै घण्टा सक्रिय अवस्थामा तैनाथ रहने



नेपालगन्ज । बाँके प्रहरीले नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन भन्दै २४ घण्टा सक्रिय रहने क्विक रेस्पोन्स भेइकल (QRV) सेवा सञ्चालनमा ल्याएको छ । बाँकेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, बाँकेले नेपालगन्ज-१२ बिपी चोकबाट २४ घण्टा सक्रिय रहने क्विक रेस्पोन्स भेइकल क्युआरभी सेवा सञ्चालनमा ल्याएको हो ।

बाँके प्रहरीका अनुसार चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना जस्ता आपराधिक क्रियाकलाप लगायत आकस्मिक घट्न सक्ने घटनाहरूमा तत्काल प्रहरी उपस्थितिको सुनिश्चितताका लागि (क्युआरभी) टोली परिचालन गरेको हो ।

क्युआरभी टोलीले सार्वजनिक सुरक्षासम्बन्धि सम्भावित जोखिमलाई नियन्त्रण तथा घटनास्थलमा छिटो कारबाही गर्न सहयोग पुर्‍याउने बाँके प्रहरी प्रवक्ता दीपक पातलीले बताए । आपराधिक गतिविधि वा शंकास्पद गतिविधिसम्बन्धि कुनै पनि जानकारी प्रहरीलाई दिएर सुरक्षा व्यवस्थापनमा सहयोग गर्न उनले सम्बन्धित सबैलाई आग्रह पनि गरे ।

बाँके प्रहरीले प्रहरी सहायता तथा सूचना दिनका लागिप्रहरीले आकस्मिक १०० नम्बर, ९८५८०९१०९० र ९८५८०९०५५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १ : ४४ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका