नेपालगन्ज । बाँके प्रहरीले नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन भन्दै २४ घण्टा सक्रिय रहने क्विक रेस्पोन्स भेइकल (QRV) सेवा सञ्चालनमा ल्याएको छ । बाँकेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, बाँकेले नेपालगन्ज-१२ बिपी चोकबाट २४ घण्टा सक्रिय रहने क्विक रेस्पोन्स भेइकल क्युआरभी सेवा सञ्चालनमा ल्याएको हो ।
बाँके प्रहरीका अनुसार चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना जस्ता आपराधिक क्रियाकलाप लगायत आकस्मिक घट्न सक्ने घटनाहरूमा तत्काल प्रहरी उपस्थितिको सुनिश्चितताका लागि (क्युआरभी) टोली परिचालन गरेको हो ।
क्युआरभी टोलीले सार्वजनिक सुरक्षासम्बन्धि सम्भावित जोखिमलाई नियन्त्रण तथा घटनास्थलमा छिटो कारबाही गर्न सहयोग पुर्याउने बाँके प्रहरी प्रवक्ता दीपक पातलीले बताए । आपराधिक गतिविधि वा शंकास्पद गतिविधिसम्बन्धि कुनै पनि जानकारी प्रहरीलाई दिएर सुरक्षा व्यवस्थापनमा सहयोग गर्न उनले सम्बन्धित सबैलाई आग्रह पनि गरे ।
बाँके प्रहरीले प्रहरी सहायता तथा सूचना दिनका लागिप्रहरीले आकस्मिक १०० नम्बर, ९८५८०९१०९० र ९८५८०९०५५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।


















प्रतिक्रिया