१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

काठमाडौंका मेयर बालेनलाई पितृशोक



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन्। उनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह उपचारका क्रममा निधन भएको हो।

७७ वर्षीय रामनारायण शाह केही दिनदेखि अस्वस्थ थिए । आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। उनी मधुमेह र पिसाबसम्बन्धी संक्रमणबाट पीडित थिए । उनलाई ल्याउँदा नै होस थिएन र स्वास्थ्य अवस्था गम्भीर थियो। चिकित्सकीय उपचार जारी रहे पनि सोमबार मध्यान्ह निधन भएको बताइएको छ।

प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेरबालेनसँग उनको पिताको स्वास्थ्य अवस्थाबारे बुझिन्।

रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्। पेशाले उनी एक आयुर्वेद चिकित्सक थिए।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १ : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले