१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेसको १५औं महाधिवेशन पुस २६देखि २८ गतेसम्म काठमाडौंमा हुने



काठमाडौं । लामो समयदेखिको विवादपछि नेपाली कांग्रेसले अन्ततः १५औँ महाधिवेशनको मिति तय गरेको छ।

पार्टीले पुस २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको विस्तृत कार्यतालिका प्रस्तुत गरेका छन्।

बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि महाधिवेशन तयारीका अन्य प्रक्रियाअन्तर्गत पुस १५ गतेदेखि वडा अधिवेशन सुरु हुने पनि बैठकले निर्धारण गरेको छ।

प्रवक्ता महतका अनुसार पुस १७ गते पालिका अधिवेशन र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछन् । यसैगरी एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ४१ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’