२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट



काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन् । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिएको अध्यक्षको निजी सचिवालयले जनाएको छ ।

भण्डारीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए।

अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए । साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : २९ बजे

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम