काठमाडौं । आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न प्रमुख राजनीतिक दलसहित सर्वपक्षीय बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान गरिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार दिउँसो ४ बजे बस्ने गरि आह्वान भएको बैठकमा राजनीतिक दलहरुले उठाउँदै आएको निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयमा छलफल हुने बताइएको छ । निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । ।
प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुन र राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ । शुक्रबार पहिलोपटक सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।


















प्रतिक्रिया