१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा



सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् ।

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताएका हुन् ।

महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सरिक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गरे । उनले फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहति पार्टीले निर्वाचनको बाटो रोजेको धारणा राखे।

महामन्त्री थापाले भने, “हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ । अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ । जेनजी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेका छौँ । सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्छ ।”

उनले प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राखेको सर्वदलीय बैठकमा पनि यस विषयमा ध्यानाकर्षण गराउनुका साथै सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्नेमा जोड दिइएको उल्लेख गरे ।

महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जाने बताए । उनले आफू आगामी निर्वाचनमा पनि काठमाडौंबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ७ : १० बजे

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल

६० वर्ष भन्दा पुरानो पुलबाट मुक्ति पाउँदै बाँके-बर्दियाका यात्रुहरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका