२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

अपराह्न ३:३० बजे निर्धारित खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । छ खेलबाट समान दुई-दुई अंक जोडेका यी दुवै टोली प्लेअफबाट बाहिरिइसकेकाले आजको भिडन्त प्रतिष्ठामूलक हुनेछ । कर्णालीको नेतृत्व सोमपाल कामीले गरिरहेका छन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन् । जनकपुरले लगातार असफलतापछि कप्तानीमा पटक-पटक परिवर्तन गर्दै आएको छ ।

यसअघि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भइसकेका छन् । त्यस्तै काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन् ।

एनपीएल दोस्रो संस्करणका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ। मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : १९ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन