१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

अपराह्न ३:३० बजे निर्धारित खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । छ खेलबाट समान दुई-दुई अंक जोडेका यी दुवै टोली प्लेअफबाट बाहिरिइसकेकाले आजको भिडन्त प्रतिष्ठामूलक हुनेछ । कर्णालीको नेतृत्व सोमपाल कामीले गरिरहेका छन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन् । जनकपुरले लगातार असफलतापछि कप्तानीमा पटक-पटक परिवर्तन गर्दै आएको छ ।

यसअघि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भइसकेका छन् । त्यस्तै काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन् ।

एनपीएल दोस्रो संस्करणका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ। मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : १९ बजे

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली