९ भदौ २०८३, मंगलबार | August 25, 2026

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’



नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक देखिएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा उच्च अदालत बार नेपालगन्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगन्जमा आयोजना गरिएको ‘कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले डिसइन्फर्मेसन र मिसइन्फर्मेसनले समाजलाई दिग्भ्रमित गर्ने भएकोले पत्रकारहरुले सजग भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

उनले अदालत सम्बन्धि सही सूचना सम्प्रेषण गर्नु पत्रकारहरुको धर्म रहेको बताए । सही सूचना सम्प्रेषण नहुँदा त्यसले जनतामा भ्रम पैदा गर्ने ज्ञवालीको भनाई छ । सही सूचनाले मात्र जनतालाई सुसूचित गर्ने अधिकार स्थापित गर्ने उनले बताए । उनले अहिले तथ्यगत सूचना भन्दा पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन चुनौती बनेको बताए । ज्ञवालीले अदालतसंग जोडिएका सवालमा तथ्यगत समाचार सम्प्रेषण गर्न आग्रह पनि गरे । ज्ञवालीले अदालती टर्मिनोलोजी केही फरक हुने भएकाले पत्रकारले त्यसबारेमा ज्ञान राख्नैपर्ने बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई अदालती रिपोर्टिङबारे ज्ञान हुन जरुरी रहेको बताइ । उनले अदालती ज्ञान नहुँदा जनतामाझ फरक सूचना जाने गरेको तथ्य प्रस्तुत गरे । बिधागत पत्रकारिताका लागि यस्ता अभिमुखीकरण महत्त्वपूर्ण रहेको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कानुनको बारेमा पत्रकारहरुको क्षमता बढाउन अभिमुखीकरण कार्यक्रम राखिएको बताए । उनले यो कार्यक्रमले कानुनी रिपोर्टिङमा पत्रकारलाई थप ज्ञान हासिल हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले सञ्चारसँग सम्बन्धित प्रचलित कानुनहरू, अधिवक्ता प्रहलाद बहादुर कार्कीले पत्रकारिता र कानुनी आधारभूत ज्ञान तथा अदालती रिपोर्टिङका बारेमा प्रस्तुतिकरण दिएका थिए भने अधिवक्ता विकास आचार्य कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा उच्च अदालत बार नेपालगन्जका सचिव गणेश प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजबादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा लगायत बाँकेमा क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : १२ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै