२२ मंसिर २०८२, सोमबार | December 8, 2025

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण



नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । नेपालगन्ज दिल्ली सिधा हवाई उडान सन्दर्भमा आज नेपालगन्जमा नीजि क्षेत्रका प्रतिनिधिहरुले अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटन लगायतका क्षेत्र चलायमान हुने भएको तथा नेपालगन्ज विमानस्थलमा उडानका लागि पूर्वाधार निर्माण समेत भएकाले सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे ।

सो अवसरमा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले अहिलेको सरकार विषेश परिस्थीतिमा निर्माण भएकाले चाहना हुँदाहुँदै पनि काम गर्न नसकिने स्पष्ट पारे । यही फागुन २१ को निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको अवधीका लागि मात्रै भएको जनाए ।

जेनजी प्रर्दशनका मुख्य माग सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने रहेको उल्लेख गर्दै उनले सोही कार्य सरकारको मुख्य प्राथमिकताको विषय भएको औल्याए । अर्थमन्त्री खनालले दीर्घकालका कामका लागि स्वाभाविक रुपमा प्रतिनिधिसभा आवश्यक रहेको बताए ।

“राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनका कामलाई प्राभावित गर्ने काम हामीबाट हुदैन” उनँले भने ।

नेपाल उद्योग बाणिज्य सङ्घका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । “तस्करीका कारण धेरै वस्तु नेपाल आइरहेको हुन्छ, त्यसको कुनै लेखाजोखा छैन” उनले भने ।

सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारण राखे । सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापनपत्र समेत अर्थमन्त्री खनाललाई बुझाएको थियो । सो अवसरमा उद्योगी तथा व्यवसायीले जडीबुटी निकासीका समस्या देखि सुनचाँदीका समस्याका विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ३१ बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन