२४ मंसिर २०८२, बुधबार | December 10, 2025

भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशासनका पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूले आफु नेतृत्वको सरकार ढालेको बताएका छन् । विश्वभर आज मनाइँदै गरेको भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुगेकै कारण माओवादी पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको बताएका छन्

‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं। सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ,’ उनले सन्देशमा लेखेका छन्, ‘तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए। बिना कुनै राजनीतिक आग्रह(पूर्वाग्रह, भूटानी शरणार्थी प्रकरण लगायत ठूला ठूला भ्रष्टाचार काण्डहरूको छानबीन अघि बढाइयो।’

उनले आफु नेतृत्वको सरकारले प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालेको दाबी पनि गरेका छन् । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग आफुले संसदको रोष्टमबाटै समेत गरेको स्मरण गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा त्यही मागलाई फेरि दोहोर्याएका छन् ।

उनले भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभएको उल्लेख गर्दै यो निरन्तरको सङ्घर्ष भएको पनि जनाएका छन्। भ्रष्टाचारविरुद्धको लडाइँका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य रहेको उनको भनाई छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ४५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल