२१ असार २०८३, आइतबार | July 5, 2026

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण गराएको छ ।

आज यहाँ राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए । यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ ।

उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराए ।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिए । उनले भने, “नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस् । चुनावमा हतार नगरौँ । यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ ।”

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : २९ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ