१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

फाइनलमा सुदूरपश्चिम, विराटनगर ७८ रनमै समेटिएपछि पहिलो क्वालिफायरमा भारी हार



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर बोल्ट्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै खेलमा उत्रिएको विराटनगर १४ ओभर १ बलमै ७८ रनमा समेटियो । सिजनकै सबैभन्दा न्यून स्कोर बनाएको विराटनगरले सुदूरपश्चिमको उत्कृष्ट बलिङसमक्ष पूरा खेलभर दबाब झेल्यो ।

यसअघि लिग चरणको १५ औँ खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले ८९ रन मात्रै बनाएको थियो, जुन सिजनको सबैभन्दा कम स्कोर मानिँदै आएको थियो ।

लिग चरणमा सुदूरपश्चिमलाई हराउँदै पहिलो क्वालिफायरमा स्थान बनाएको विराटनगर सुदूरपश्चिमसँगको हारको प्रतिकार गर्न असफल भयो । सुदूरपश्चिमले लिगमा हारेको खेलको बदला चुकाउँदै फाइनल टिकेट हात पारेको हो ।

पराजयपछि विराटनगर अब इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच हुने इलिमिनेटरबाट विजेता बनेको टिमसँग भिडेर मात्र विराटनगरले फाइनलमा फर्किने सम्भावना जिउँदो राख्नेछ ।

सुदूरपश्चिमको जितका नायक ओपनर बिनोद भण्डारी रहे। ५२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६३ रन जोडेका उनले १८ ओभरको अन्तिम बलसम्म क्रिज सम्हाले । उनकाे इनिङकै भरमा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०-२० रन, हर्मितले १४ रन तथा ओपनर मुख्तार अहमदले १० रन जोडेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : २० बजे

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना