२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७-२९ गतेसम्म काठमाडौंमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तरसंवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

उनले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसहित विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्दछ भन्ने आम नेता तथा कार्यकर्ताको भावनलाई सम्मान गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावी प्रतिस्पर्धामा जितहारको अवस्थालाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै निर्वाचनको परिणाम जेजस्तो आए पनि आफूहरू पार्टीका पक्षमा दृढताका साथ उभिने स्पष्ट पारे ।

एक प्रश्नको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष पोखरेलले राज्यको संविधान, पार्टीको विधान, अन्तरराष्ट्रिय असल अभ्यास र सम्बन्धित व्यक्तिको चाहना भए जो कोहीलाई राजनीतिमा आउन दिनुपर्ने धारणा व्यक्त गरे ।

यसैगरी प्रतिनिधि सभाको पुनःस्थापनासम्बन्धी विषय हाल अदालतमा विचाराधीन रहेकाले अनावश्यक टीकाटिप्पणी गर्न नहुने बताउँदै उनले लोकतन्त्र र निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले एमालेले आगामी निर्वाचनमा भाग लिने स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकका वामपन्थी शक्तिहरूबीच एकता हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरसंवाद कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ३७ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर