२७ मंसिर २०८२, शनिबार | December 13, 2025

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल



नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको २३ गतेको आन्दोलनलाई आफूहरुले समर्थन गरेपनि भोलीपल्टको भएको आगजनी र लुटपाट अपत्तिजनक र बेठिक भएको बताएका छन् । पार्टीले आयोजना गरेको बाँके जिल्लास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले जेनजीको जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने बताए ।

नेपालले पार्टीलाई जागृत गर्न जनताको घरदैलोमा पुगिरहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका उनले जनताको भावनासंग साक्षात्कार गर्न जनताको घरदैलोमा पुगिरहेको बताउँदै बदलिँदो परिस्थितिमा सही नीति लिएर नयाँ विश्वास जगाउन आफुहरु अघि बढेको बताए । नेपालले अहिलेसम्म १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको दाबी गरे ।

उनले नेपाली कम्युनिष्ट पाटी सबै बर्ग, लिंग, समुदाय, नवयुवा पुस्ता समेतको पार्टी रहेको भन्दै जनताले चुनावमार्फत अनुमोदन गर्ने बताए । नेपालले नयाँ नेपाल निर्माणको संकल्पका साथ पार्टी निर्माण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको बहुमत लिएर अघि बढ्ने उद्घोष गरे ।

सभालाई सम्बोधन गर्नेक्रममा नेता नेपाल पुराना दिन सम्झँदै केही बेर भक्कानिएका थिए । भाषण गर्दागर्दै गला अवरुद्ध भएपछि उनी केहीबेर रोकिएका थिए । उनले द्वन्द्वकालमा सुरक्षा निकायको आँखा छल्दै नेपालगन्ज हुँदै भारतको लखनउमा पुगेर प्रचण्डलाई भेटेको स्मरण गरे । नेपालले त्यही भेटपछि गिरिजा, प्रचण्ड र आफुले नेपाली राजनीतिको कोर्स नै चेन्ज हुने गरि आन्दोलनको संयोजन गरेको पनि दाबी गरे ।

पार्टीका केन्द्रीय नेता शक्तिबहादुर बस्नेतले बिचार मिल्नेहरु गोलबद्व हुँदै जानु पर्नेमा जोड दिए ।
नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अब्दुल हुसैन खान, अन्जना चौधरीलगायतले एकताको अभियानलाई घर(घरमा पर्याउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ८ : ४३ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु