१५ माघ २०८२, बिहिबार | January 30, 2026

फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ : नेतृ भुसाल



दमौली । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली कम्युनिष्ट पार्टीले आज दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरिन् ।

नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताइन् । निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने अपेक्षा गरिन्।

नेतृ भुसालले भनिन्, “जेनजी आन्दोलनपश्चात देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ । संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ ।”

नेपाली जनताको रगत र पसिनाबाट निर्माण भएको संविधान रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै नेतृ भुसालले जनतामा देखिएको नैराश्यता सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा सो पार्टीका नेता श्रीनाथ बरालले देशलाई स्थिरताको बाटोमा लैजानुपर्ने बताउँदै त्यसैका लागि कम्युनिष्ट पार्टीबीच एकता भएको उल्लेख गरे । सुशासन कायम गर्दै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिँदै उनले सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यक रहेको चर्चा गरे ।

पार्टीका नेता हरिबहादुर चुमानले एकताको सन्देश पालिका र वडास्तरसम्म पुर्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : ३२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला