२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो टिमको पदाधिकारी सूची करिब टुंग्याएका छन् । पोखरेल समूहले वैजनाथ चौधरी र पुरुषोत्तम पौडेललाई टिममा समेट्दै पदाधिकारी संरचना लगभग अन्तिम चरणमा पुर्‍याएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा पार्टीको निर्वाचन प्रक्रिया जारी रहँदा पोखरेल समूहबाट ईश्वर पोखरेल अध्यक्ष पदका उम्मेदवार बन्ने निश्चित भएको नेताहरूले बताएका छन् ।

पोखरेल समूहबाट उपाध्यक्ष पदका उम्मेदवारका रूपमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय गरिएको छ । उपाध्यक्षमा एक जनाको नाम भने अझै टुंग्याउन बाँकी रहेको पोखरेल निकट नेताहरूले जनाएका छन् ।

महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम अन्तिम गरिएको छ । त्यस्तै, उपमहासचिव पदमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम तय भइसकेको छ भने यो पदका लागि एक जनाको नामबारे छलफल जारी रहेको बताइएको छ ।

सचिव पदका उम्मेदवारमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको नाम टुंग्याइएको पोखरेल समूहका नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : १३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष