१८ माघ २०८२, आइतबार | February 1, 2026

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी



खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपतीले केन्द्रीय सदस्यका लागि उम्मेवारी दर्ता गराएका छन् । उनले लुम्बिनी प्रदेशबाट जनजाति क्लस्टरको खुल्लातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

बाँकेको खजुरा गाउँपालिबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजय भई गाउँपालिकाको संस्थापक अध्यक्ष भएर काम गरेका उनी एमाले लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणमा महत्वपूर्ण भूमिका खेलेका उनी उक्त अस्पतालको संस्थापक अध्यक्ष समेत हुन् ।

महाधिवेशनका लागि उनी केन्द्रीय समितिले मनोनयन गरेको १०८ जना प्रतिनिधि कोटामा लुम्बिनी प्रदेश समितिको सिफारिसमा मनोनित भएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ४६ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४