२६ माघ २०८२, सोमबार | February 9, 2026

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा



काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान प्रक्रिया सुरु हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार मतदान बिहान ८ बजेदेखि प्रारम्भ हुने भएपछि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बस्न थालेका छन् ।

यसअघि मंगलबार साँझ मतदान सुरु हुने भनिए पनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै प्रक्रिया स्थगित गरिएको थियो । प्रतिनिधिहरू करिब दुई घण्टासम्म लाइनमा बसे पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन कार्यतालिका परिवर्तन गरिएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार यसपटक विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुनेछ। आयोगले रामलक्ष्मण भोटिङ मेसिन प्रयोग गरी मतदान गरिने जानकारी दिएको छ ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् ।

यस महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने केन्द्रीय सदस्यसहित सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : ४५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको