काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ ।
गत शनिबार उद्घाटन भएको महाधिवेशनमा यसअघि सोमबार नै मतदान गरिने कार्यतालिका रहे पनि प्राविधिक कारणले प्रक्रिया अघि बढ्न नसकेपछि मतदान स्थगित गरिएको थियो । सोही कारण आजका लागि पुनः मतदानको मिति तय गरिएको हो ।
महाधिवेशनमा देशभरबाट सहभागी २ हजार २६२ प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछन् । केन्द्रीय कमिटीका लागि ११ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । दुवै पक्षबीचको प्रतिस्पर्धाले नयाँ नेतृत्व चयन प्रक्रिया चासोको केन्द्र बनेको छ ।



















प्रतिक्रिया