२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने



काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि पुनः समय थप भएको छ । मध्यराति १२ बजे सम्म मतदान स्थलमा प्रवेश गरेका मतदातालाई मतदान गर्न दिनेगरि समय थप भएको हो ।

उमाले निर्वाचन आयोगका अनुसार १० बजेसम्म १२ सय ८२ मत खसेको छ । निर्वाचनमा राति १० बजेसम्म १२ सय ८२ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । मतदान सकिन अझै १० घण्टा लाग्नसक्ने उनले अनुमान गरे ।

सुरुमा ५ बजे सम्म समय निर्धारण गरिएकोमा थप गरेर ८ बजे बनाइएको थियो । यसअघि साँझ ८ बजेसम्म प्रवेश गर्न दिइएको अनुमतिको समय बढाएर १० बजेसम्मका लागि पुर्‍याइएको थियो । अहिले पुनः समय थप्दै १२ बजे सम्मका लागि समय सारिएको हो ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल