२६ बैशाख २०८३, शनिबार | May 9, 2026

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी



काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना सुरु गरी साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलका अनुसार कानुनी प्रक्रिया पूरा गर्न केही समय लागे पनि निर्धारित समयमै परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । “कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्न सक्छ, तर हाम्रो लक्ष्य साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने नै हो,” उनले बताए ।

निर्वाचन आयोगका अनुसार मतगणनामा करिब ३ देखि ४ घण्टा समय लाग्ने अनुमान गरिएको छ । निर्वाचनमा कुल २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ भने ३६ जना विभिन्न कारणले मतदानमा सहभागी हुन सकेनन् ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा रहेको छ । यस्तै, पार्टीको शक्तिशाली पद मानिने महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिष्पर्धा भइरहेको छ । मतगणनासँगै एमालेको नयाँ नेतृत्वको टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ८ : ०४ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप