२९ असार २०८३, सोमबार | July 13, 2026

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा



काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा ४० बुथको ११४३ मत गणना सम्पन्न भएको छ ।

५० प्रतिशतसम्मको मतगणना हुँदा अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली ८४३ मतसहित स्पष्ट अग्रस्थानमा देखिएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङ ९०० मतसहित सबैभन्दा अगाडि देखिएका छन्। विष्णु प्रसाद पौडेलले ८४६, रामबहादुर थापा ‘बादल’ले ७७४, गोकर्णराज विष्टले ७१३ र रघुजी पन्तले ६१७ मत प्राप्त गरेका छन्। गुरु प्रसाद बरालले ५८५, विन्दा पाण्डेले ४७४, पर्शुराम मेघी गुरुङले २३४, अरुण नेपालले २२३, टंक प्रसाद कार्कीले १८७, भिम प्रसाद आचार्यले १४३ मत पाएका छन्।

महासचिव पदमा शंकर पोखरेल ६१३ मतसहित अगाडि छन् भने सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत प्राप्त गरेका छन्।

उपमहासचिव पदतर्फ लेखराज भट्ट ७३४ मतसहित अग्रस्थानमा देखिएका छन्। योगेश भट्टराईले ७०९, रघुवीर महासेठले ६६९, विष्णु प्रसाद रिमालले ५४०, आनन्द प्रसाद पोखरेलले ३३४, वैजनाथ चौधरीले २७१ र राजेन्द्र प्रसाद गौतमले १४० मत प्राप्त गरेका छन्।

सचिव पदमा महेश बस्नेत ७८३ मतसहित अगाडि छन्। पद्मा कुमारी अर्यालले ७७८, छविलाल विश्वकर्माले ७६९, शेरधन राईले ७६७, हिक्मत कुमार कार्कीले ६७२, यमलाल कडेलले ६२६, खगराज अधिकारीले ६२५, राजन भट्टराईले ५६१, भानुभक्त ढकालले ५५२, गोकुल प्रसाद बास्कोटाले ५२८ मत प्राप्त गरेका छन्।

त्यसैगरी ठाकुर प्रसाद गैरेले ४६२, रचना खड्काले ४५९, कर्णबहादुर थापाले ४४४, लालबाबु पण्डितले ३९९, अग्नि प्रसाद खरेलले ३७७, विनोद प्रसाद ढकालले ३५५, कृष्ण गोपाल श्रेष्ठले ३२५, इन्द्रलाल साप्कोटाले २०९, पुर्सोत्तम पौडेलले २०३ र पेम्वा लामाले २५५ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १२ : ३५ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले