३ पुस २०८२, बिहिबार | December 18, 2025

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल



बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन् ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उदघाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताए । उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे ।

‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, यसका लागि धेरै दलहरु र छिमेकी देशहरु सकारात्मक छन्’ उनले भने, ‘अर्को विकल्प सोच्नु अर्को अनिश्चयको वातावरण बनाउनु हुनेछ, यसमा सबै दलको ध्यान जाओस् ।’

अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको पनि बताए । ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो,’ उनले भने, ‘आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा संचिति बढेको छ, वित्तीय सत्तामा पूँजी संचिति बढेको छ ।’

उनले जुन सूचकका अनुपातमा लगानीको वातावरण बन्नुपर्ने हो, त्यो भने नभएको बताए । उनले अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगिएको जनाउँदै जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि बिस्तार भएको दाबी गरे । उनले बुटवल पहिलेबाटै औद्योगिक हव भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बुटवलका मेयर खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग विकासका योजनामा समन्वय नगरेको बताउँदै धेरै बजेट फिर्ता गएको विषयमा अर्थमन्त्रीले ध्यानु दिनुपर्ने बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले पुस ३ गतेदेखि १७ गतेसम्म लाग्ने सो प्रदर्शनीमा ५ सय स्वदेशी उद्योग मात्र रहेको जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी व्यवसायीहरुलाई सहज हुनेगरी बजेट निर्माण गरेर कार्यान्वयनमा लगेको बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवलको प्रदर्शनीले धेरैलाई नयाँ सन्देश दिने गरेको बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनहरुलाई प्राथमिकतामा दिएर अघि बढाउनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डेले उत्पादनमूलक उद्योगहरुको यस्ता प्रदर्शनीले प्रवद्र्धन हुने बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनीका अधयक्ष एजाज आलमले औद्योगिक क्षेत्रको व्यवस्थापनका विषयमा सरकारले काम गर्न नसकेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो । अर्थमन्त्री खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशीसहित सम्मानपत्र र दोसल्लाले आचार्यलाई पुरस्कृत गरे ।

आचार्य मेचीकाली दैनिक बुटवलको संवाददाता र लोकान्तर डटकमको लुम्बिनी प्रदेश संवाददाताको रुपमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले वि.स. २०५७ सालमा स्थापना गरेको यो पुरस्कारबाट यसअघि २५ जना पत्रकार पुरस्कृत भइसकेका छन ।

संघका महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, धन्यवाद प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ८ : २९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको