६ पुस २०८२, आइतबार | December 21, 2025

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते भारत भ्रमणमा जाने भएका छन्।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणका क्रममा डा. भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्याससँग सम्बन्धित समसामयिक विषयमा विचार–विमर्श गर्नेछन्।

त्यसैगरी, उनी आईआईटी बम्बईमा आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा ‘की–नोट’ मन्तव्य दिने कार्यक्रम छ। साथै, दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

डा. भट्टराई पुस ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ९ : ३१ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम