काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको औपचारिक घोषणा गर्दै सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरे। उनका अनुसार जेनजी आन्दोलनको मर्मविपरीत सरकार अघि बढेकाले अब सडक आन्दोलन अपरिहार्य भएको हो ।
ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिइएको आरोप लगाउँदै वर्तमान राजनीतिक संकटको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गरे । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै जनअपेक्षा पूरा गर्न नसकेको बताए ।
उनका अनुसार आन्दोलन शान्तिपूर्ण हुने र देशभर चरणबद्ध रूपमा विस्तार गरिने छ । सरकारले जेनजी आन्दोलनका मूल मुद्दालाई बेवास्ता गरेसम्म संघर्ष जारी रहने चेतावनीसमेत उनले दिएका छन् ।



















प्रतिक्रिया