७ पुस २०८२, सोमबार | December 22, 2025

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च



काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको हो। यसअघि गत सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो, जुन ठीक एक सातामै फेरि तोडिएको हो।

चाँदीको मूल्य पनि लगातार नयाँ उचाइमा पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले वृद्धि हुँदै चाँदीको भाउ ४ हजार २३५ रुपैयाँ कायम भएको छ। यसअघि चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ११ : १७ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम