७ पुस २०८२, सोमबार | December 22, 2025

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूहबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंक लिमिटेडको रु १० करोड ३० लाख ८९ हजार ११४ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गरिमा समृद्धि योजनाको १२ लाख ७७ हजार १८० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ४४ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८