२९ असार २०८३, सोमबार | July 13, 2026

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

सात दिनभित्र आफै उपस्थित भएर जवाफ दिनुपर्ने



काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइँदै आयोगको कार्यालयमा सात दिनभित्र उपस्थित भएर बयान दिन आग्रह गरिएको छ।

आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्व सम्हालेकाहरूको बयान सङ्कलन सम्पन्न भएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया अगाडि बढाएको जनाएको छ। यही सिलसिलामा तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको हो। आयोगले यसै विषयमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

सरकारले भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरी काम अघि बढाइरहेको छ। सुरुमा तीन महिनाको समयसीमा दिइएको उक्त आयोगको म्याद सरकारले पछिल्लो पटक एक महिना थप गरेको थियो।

आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित केही राजनीतिक व्यक्तिहरूको बयान लिन बाँकी रहेको जनाएको छ। यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सम्पन्न गरी सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिने प्रक्रिया सुरु गरिसकेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ३१ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको