८ पुस २०८२, मंगलबार | December 23, 2025

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १७ र अन्य समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव १६, लगानी शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बीमा शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ५४ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र