१० पुस २०८२, बिहिबार | December 25, 2025

रवि-बालेन वार्तास्थलमा नाटकीय मोड : अमरेश सिंह पुगे, सुधन गुरुङले लगाए ताला



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भइरहेको वार्तास्थलमा अप्रत्याशित घटनाक्रम देखिएको छ । वार्ता चलिरहेकै क्रममा विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सो स्थानमा पुगेका छन् ।

त्यसैक्रममा ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङ पनि वार्तास्थलमा उपस्थित भएका छन् । उनले रवि र बालेनबीच सहमति नभएसम्म दुवैलाई बाहिर निस्कन नदिने भन्दै वार्तास्थलको ढोका बाहिरबाट ताला लगाइदिएका छन् । हातमा चाबी बोकेका गुरुङले देशको वर्तमान राजनीतिक अवस्था, जनतामा बढ्दो असन्तोष र नेतृत्वबीचको असमझदारी अन्त्यका लागि दुवै नेताबीच ठोस सहमति आवश्यक रहेको बताएका छन् ।

घटनास्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि सुरक्षा निकाय र उपस्थित व्यक्तिहरूले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका छन् । वार्तामा के विषयमा छलफल भइरहेको छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । तर, पछिल्लो समय देशको राजनीतिक अवस्थाबारे बालेन र रविबीच संवाद भइरहेको चर्चा चल्दै आएको थियो ।

डा. अमरेशकुमार सिंहले पनि मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि जिम्मेवार नेताहरू एक ठाउँमा बसेर स्पष्ट मार्गचित्र बनाउनुपर्ने बताएका छन् । “जनताले अब नाटक होइन, समाधान चाहेका छन्,” उनको भनाइ थियो ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  २ : ४४ बजे

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बालेनले भने- म राजनीतिमा आएँ, अभिभावक बनेर सरसल्लाह दिनुपर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा

कांग्रेसको महाधिवेशन तोकिएको समयमा सम्भव देखिएन् : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन

फेरि पुरानै शक्तिको उदय भए ठूलो दुर्भाग्य : ऊर्जामन्त्री कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी फागुन

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज राजधानीमा