१० पुस २०८२, बिहिबार | December 25, 2025

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका छन् । गत वर्ष पुसमै झापामा आफूले चुनाव नलड्ने संकेत दिएका शर्माले यसपटक झापा-१ का कांग्रेस नेता तथा कार्यकर्तालाई जानकारी गराएर कार्यसम्पादन समितिको बैठकमा औपचारिक रूपमा घोषणा गरेका हुन् ।

शर्माले बाह्रखरीसँग भने, “मैले १, २, ३, ४ फर्मुला ल्याउँदै गर्दा केही आचरणमा बस्न आवश्यक थियो । त्यसैले गत वर्ष पुसमै मैले झापा-१ का साथीहरूलाई अर्को चुनाव नलड्न सक्छु भनेर तयार हुन भन्नु भएको थियो । यसपटक काठमाडौंमा घोषणा गर्दा झापा-१ का साथीहरू रिसाउन सक्ने भएकाले पहिले सबैलाई जानकारी गराएँ। फर्किएपछि कार्यसम्पादन समितिमा जानकारी गराइसकेको छु- अबको चुनाव म लड्दिनँ ।”

उनले नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारी निभाउँदै अरु साथीहरूलाई अवसर दिन मनसायले यस्तो निर्णय गरेको बताए । शर्माले भने, “म ०७०, ०७४ र ०७९ मा चुनाव लडेँ र सफलतापूर्वक जितेको हुँ । स्थानीय तहमा हाम्रो पार्टी ९ हजार मतले पछि परिरहेको अवस्थामा १४ हजारले जितेको थियो । यसपटक पनि हामी जित्नेछौँ, म चुनाव जिताउनमा सहयोग गर्नेछु ।”

शर्माले आफ्नो लामो राजनीतिक करियरमा ०४८ सालदेखि हालसम्म आफ्नो क्षेत्र छोड्न तयार नहुनेहरूको कारण धेरै कार्यकर्ताहरू अवसरबाट बञ्चित भएको अनुभव साझा गर्दै, “राजनीतिक संस्कारको सुरुआतका लागि मैले यो निर्णय लिएको हुँ,” बताए ।

उनको निर्णयले पार्टीभित्र युवा तथा अन्य नेता-कार्यकर्तालाई अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । राजनीतिक विश्लेषकहरूले शर्माको यो कदमले पार्टीको संगठनात्मक सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : २२ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र