१७ श्रावण २०८३, आइतबार | August 2, 2026

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका छन् । गत वर्ष पुसमै झापामा आफूले चुनाव नलड्ने संकेत दिएका शर्माले यसपटक झापा-१ का कांग्रेस नेता तथा कार्यकर्तालाई जानकारी गराएर कार्यसम्पादन समितिको बैठकमा औपचारिक रूपमा घोषणा गरेका हुन् ।

शर्माले बाह्रखरीसँग भने, “मैले १, २, ३, ४ फर्मुला ल्याउँदै गर्दा केही आचरणमा बस्न आवश्यक थियो । त्यसैले गत वर्ष पुसमै मैले झापा-१ का साथीहरूलाई अर्को चुनाव नलड्न सक्छु भनेर तयार हुन भन्नु भएको थियो । यसपटक काठमाडौंमा घोषणा गर्दा झापा-१ का साथीहरू रिसाउन सक्ने भएकाले पहिले सबैलाई जानकारी गराएँ। फर्किएपछि कार्यसम्पादन समितिमा जानकारी गराइसकेको छु- अबको चुनाव म लड्दिनँ ।”

उनले नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारी निभाउँदै अरु साथीहरूलाई अवसर दिन मनसायले यस्तो निर्णय गरेको बताए । शर्माले भने, “म ०७०, ०७४ र ०७९ मा चुनाव लडेँ र सफलतापूर्वक जितेको हुँ । स्थानीय तहमा हाम्रो पार्टी ९ हजार मतले पछि परिरहेको अवस्थामा १४ हजारले जितेको थियो । यसपटक पनि हामी जित्नेछौँ, म चुनाव जिताउनमा सहयोग गर्नेछु ।”

शर्माले आफ्नो लामो राजनीतिक करियरमा ०४८ सालदेखि हालसम्म आफ्नो क्षेत्र छोड्न तयार नहुनेहरूको कारण धेरै कार्यकर्ताहरू अवसरबाट बञ्चित भएको अनुभव साझा गर्दै, “राजनीतिक संस्कारको सुरुआतका लागि मैले यो निर्णय लिएको हुँ,” बताए ।

उनको निर्णयले पार्टीभित्र युवा तथा अन्य नेता-कार्यकर्तालाई अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । राजनीतिक विश्लेषकहरूले शर्माको यो कदमले पार्टीको संगठनात्मक सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : २२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले