१ चैत्र २०८२, आइतबार | March 15, 2026

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमतिमा हस्ताक्षर तत्काल नहुने भएको छ । दुवै पक्षबीच सहमतिको खाका तयार भइसके पनि अन्तिम हस्ताक्षर प्रक्रिया भोलिसम्मका लागि सारिएको हो ।

यसअघि रवि लामिछाने र बालेनबीच चरणबद्ध रूपमा छलफल हुँदै आएको थियो । काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको म्युजिक कम्पनी र ललितपुरको ज्वागलस्थित बालेनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको निवासमा बसेका बैठकहरूमा सहमतिको आधार तय गरिएको थियो । वार्तामा सहभागी स्रोतका अनुसार सहमतिका अधिकांश बुँदामा दुवै पक्ष एकमत भइसकेका छन् ।

आजै सहमतिपत्रमा हस्ताक्षर हुने चर्चा चले पनि अन्तिम तयारीका केही विषय बाँकी रहेकाले प्रक्रिया भोलिसम्मका लागि सारिएको रास्वपाका नेता शिशिर खनालले जानकारी दिए । “आज हस्ताक्षर हुने भनिएको थियो, तर थप छलफल आवश्यक भएकाले भोलि गर्ने गरी तय भएको छ,” उनले भने ।

सहमतिको खाकाअनुसार बालेनको राजनीतिक वरीयता रवि लामिछानेभन्दा एक तह तल रहनेछ । तर बालेनले रास्वपाको औपचारिक संगठनात्मक जिम्मेवारी भने नलिने स्पष्ट गरेका छन् । उनी पार्टीभित्र पद नलिइकनै सहकार्य गर्ने मोडालिटीमा सहमत भएको स्रोतको दाबी छ ।

दुवै पक्षबीचको सहमतिले वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासका रूपमा हेरिएको छ । यसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा नयाँ समीकरण र सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ४९ बजे

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो