१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग ओली, देउवा र प्रचण्डको छलफल जारी



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार महत्वपूर्ण छलफल भइरहेको छ । प्रधानमन्त्री कार्कीले दिउँसो आफ्नो सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूलाई बोलाएर छलफल सुरु गरेकी हुन् ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि बैठकमा उपस्थित रहेको उनको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार छलफलको मुख्य एजेन्डा आगामी निर्वाचनको वातावरण निर्माण, राजनीतिक स्थायित्व, सरकार सञ्चालनका समसामयिक चुनौती तथा राष्ट्रिय सहमतिका विषयहरू रहेका छन् । पछिल्लो समय मुलुकको राजनीतिक परिस्थिति अस्थिर बन्दै गएको र विभिन्न दलबीच अविश्वास बढ्दै गएकाले शीर्ष तहमा संवाद आवश्यक भएको भन्दै प्रधानमन्त्री कार्कीले यो बैठक आह्वान गरेकी हुन् ।

यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रमुख दलका नेताबीच संवाद भएको थियो । तर ती छलफलहरूबाट ठोस निष्कर्ष ननिस्किएपछि प्रधानमन्त्री स्वयंले पहल गर्दै शीर्ष नेताहरूलाई एउटै टेबलमा बस्न आग्रह गरेकी हुन् ।

छलफलबाट सहमतिको कुनै ठोस बिन्दु बाहिर आउने वा आगामी राजनीतिक कार्यदिशाबारे साझा धारणा बन्ने अपेक्षा गरिएको छ । बैठक जारी रहेकाले थप निर्णय र निष्कर्ष पछि सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : ४२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले