१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवल मण्डपमा प्रकाश सपूतसँग झुम्मिए सांस्कृतिक प्रेमीहरु



बुटवल । पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका कलाकार हुन् प्रकाश सपूत । नेपाली साङ्गितिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् उनले पाका पुस्ता, वयस्क र नयाँ पुस्तालाई समेटेर गाउनसक्ने कलाकारको पहिचान बनाएका छन् । उनै कलाकारले मंगलबार बुटवलका संगीतप्रेमीलाई रातीसम्म नचाए । बुटवल मण्डपमा रुपन्देही उद्योग संघले आयोजना गरेको १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवमा आएको उनले मंगलबार राती करिब २ घन्टा भरपुर मनोरन्जन दिएका हुन् ।

केही दिनयता शीतलहरका कारण चिसो बढेको बुटवलमा राती अबेरसम्म खचाखच भरिएको बुटवल मण्डपको प्रागंणमा उनीसँग धेरैले नाचे र गाए । बुटवलसँग पुरानो सम्बन्ध भएको र कलाको आधार क्षेत्र भएकाले आफू निकै खुसी भएको ब्याख्या गर्दै गाउन थालेका उनले हरेकजसो प्रस्तुतीमा सोही प्रकृतिको ड्रेसअप र नाच्ने सहकर्मीको टोलीलाई व्यवस्थापन गरेर धेरैको मन जितेका थिए । तीनै तहका पुस्तालाई समेट्नेगरी पालैपालो गीत गाएका उनले दर्शकलाई गाउन सिकाए, नाच्न सिकाए देशप्रतिको सद्भाव सिकाए, विभेद प्रति एकजुट हुन हौसाए र नेपाली गीत संस्कृतिलाई माया गर्न सहभागीलाई हौसाए ।

बाहिर शितलहरले बढिरहेको चिसो उनको साथमा सहभागी नाचेर गाएर हटाइरहेका थिए । मन्च तताउन र सहभागीलाई नचाउन पारंगत उनले आफूले जस्तेसुकै गरेपनि आलोचनाको शिकार हुनुपरेको भन्दै त्यसबाट सजग भएको पनि मन्चबाटै बताए । मंगलबार बिहानैबाट खचाखच भरिएको बुटवल रातीसम्म उस्तै थियो । ‘गलबन्दी च्यातियो तिम्ले तानेर…’, ‘बोल माया…’ र ‘बदला बरी लै !…’ लगायतका गीतबाट धेरैको मन छुनेगरी गाए र नचाएका थिए । सपुतका प्रस्तुतीले पछिल्लो समय नेपाली श्रोताको मन र मस्तिष्क दुवै हल्लाइरहेका छन् । हरेकजसो नेपालीका ओठमा उनका गीत झुन्डिएका छन् । धेरै मानिस आफ्ना सपनालाई मूर्त रूप दिन सारा जीवन समर्पित गर्छन् । जीवन बितेर जान्छ तर पनि कतिपय अवस्थामा सपना अधुरै रहन्छ । सपुत भने यस मामलामा अपवाद सिद्ध भएका छन् । उनले छोटो अवधिमै आफ्नो सपनाको दुनियाँ अर्थात् साङ्गितिक क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाएको प्रमाण बुटवलमा उनले पाएको साथले देखाएको छ ।

सङ्गितको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा उनलाई बुटवलले पनि साथ दिएको सहभागीले जनाएका छन् । अहिलेको प्रदर्शनीमा धेरैजसो कलाकारलाई सहभागीले यसैगरी साथ दिएको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताए । प्रदर्शनीको बिहीबार दिउसो समापन हुने मूल समितिका संयोजक कृष्ण पराजुलीले बताए ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : २७ बजे

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी । शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ ।

नेपालगन्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

वर्षाका कारण न्युजिल्याण्ड र पाकिस्तानको खेल रद्द, दुवैले पाए एक-एक अंक

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन मात्र बाँकी