२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्राकृतिक र विविध हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध बनाउन संरचनागत क्षेत्रमा भएका त्रुटिलाई सच्याउँदै लाग्नुपर्ने बताए । उनले मुलुकको स्रोत, साधन र सम्पदाको सदुपयोग गर्न जोड दिँदै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता उत्पन्न गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री, विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायीलगायत सहभागी छन् ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : २४ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस