१७ पुस २०८२, बिहिबार | January 1, 2026

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाको निर्देशनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

महाधिवेशन र विशेष महाधिवेशनको विषय चरमोत्कषमा पुगेका बेला कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो। बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनका लागि अगाडि बढेपछि सभापति शेरबहादुर देउवाले आज दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक लगायतसँग छलफल गरेका थिए।

देउवाले भोलि बिहान आफू पक्षीय नेताहरूको बैठक बोलाएको उनी निकट स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ९ : ५४ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको