१८ पुस २०८२, शुक्रबार | January 2, 2026

पुष २३भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष २३ गतेभित्र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन पार्टी कमिटीहरुलाई दिएको छ ।

जसपा नेपालले पुष १६ गते परिपत्र जारी गर्दै तोकिएको समयसीमाभित्र पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको हो । निर्देशनमा पार्टी विधानको धारा ११७ को उपधारा (३) अनुसार उम्मेदवार सम्बन्धी मापदण्ड तथा योग्यता पूरा गर्ने योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार छनोट गरी नामावली पठाउन भनिएको छ ।

परिपत्रअनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरूको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनुपर्ने छ । सिफारिस गरिएका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि तथा पार्टीमा पुर्‍याएको योगदानसमेत स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिइएको छ।

उम्मेदवारहरूको अन्तिम टुंगो संघीय संसदीय बोर्डले लगाउनेछ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : १० बजे

नारायणगढ-गैँडाकोट आइकोनिक केबल-स्टेड पुल निर्माणले लियो गति

नारायणगढ । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य