२९ असार २०८३, सोमबार | July 13, 2026

भदौ २३-२४ का घटनाबारे देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको पत्र



काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गरेको छ ।

ती दुई दिनका घटनाबारे जानकारी लिन आयोगले पत्र पठाएको हो । आयोगले बयान दिन उपस्थित हुन नसके लिखित जवाफ पठाएपनि हुने सुविधा दिएको छ । पत्रसँगै उनीहरुलाई आयोगले जान्न चाहेको विषय केन्द्रित प्रश्नहरु पनि सँगै पठाइएको छ ।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको छ । ओलीलाई पत्राचार गर्ने विषयमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् । उनीहरुले ओली उपस्थित नभएमा कानूनबमोजिम गराउन सरकारको सहयोग मागरेका छन् ।

यसअघि आयोगले बुधबार तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिएको थियो भने अन्य १५० जनाजतिसँग बयान लिइसकेको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ३ : २१ बजे

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै