काठमाडौं । नेकपा एमालेले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि चक्रे मिलनलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
एमाले गोखरा जिल्ला कमिटीले गुण्डाराजमा चक्रे मिलन नामले चर्चित मिलन गुरुङलाई उम्मेदवारको रुपमा अघि सारेको हो । उनी विभिन्न आपराधिक मुद्दामा पक्राउ पर्दै छुट्दै आएका छन् । काठमाडौंको चक्रपथलाई आधार मानेर गुण्डागर्दीमा राज गरेका गुरुङ चक्रे मिलनले चर्चित भएका हुन् ।
गोरखा २ मा यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट प्रचण्ड विजयी भएका थिए ।


















प्रतिक्रिया