काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको ११ औँ दिनमा अनसन तोडेका छन् । उनीहरुसँग सरकारले ६ बुँदे सम्झौता गरेसँगै उनीहरुले अनसन तोडेका हुन् । शुक्रबार सरकारले उनीहरूसँग ६ बुँदे सम्झौता गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी थिइन् ।
सहमतिपत्रमा डा.भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट माइतीघरमा आमरण अनशन बसेका थिए ।


















प्रतिक्रिया