२ बैशाख २०८३, बुधबार | April 15, 2026

एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्ड बीच भेटवार्ता, गठबन्धन र रणनीतिबारे छलफल तीव्र



काठमाडौं । मुलुक निर्वाचनको तयारीमा प्रवेश गरेसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच भेटघाट र छलफल बढ्न थालेको छ । सोही क्रममा आइतबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित एक निजी निवासमा भएको भेटमा दुई नेताबीच आगामी राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी, दलहरूबीच सम्भावित सहकार्य र गठबन्धनका विकल्पबारे गम्भीर संवाद भएको थियो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा मुख्यतया नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (प्रचण्ड–माधव समूह)बीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । एक्लाएक्लै चुनावमा जाँदा अपेक्षित नतिजा हासिल गर्न कठिन हुने आकलनसँगै दलहरूबीच सहकार्यको सम्भावना खोज्न शीर्ष तहमा छलफल सुरु भएको विश्लेषकहरू बताउँछन् ।

यसैबीच, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पनि गठबन्धन गरेर चुनावमा जाने कि एक्लै प्रतिस्पर्धा गर्ने भन्ने विषयमा दलहरूबीच आन्तरिक र आपसी छलफल तीव्र बनेको छ । जेनजी आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका परम्परागत दलहरू संयुक्त रणनीतिमार्फत चुनावी मैदानमा उत्रने वातावरण निर्माण गर्न प्रयासरत देखिन्छन् ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रभाव, तथा उज्यालो नेपाल पार्टी अन्य दलसँग विलय भएपछि बनेको नयाँ राजनीतिक समीकरणले पुराना दलहरू थप दबाबमा परेका छन् । यस्तो अवस्थामा सम्भावित चुनावी परिणाम र आफ्नो राजनीतिक अस्तित्व जोगाउने विषयले दलका शीर्ष नेताहरूलाई औपचारिक तथा अनौपचारिक छलफलमा सक्रिय बनाएको छ ।

उता नेपाली कांग्रेस भने पार्टीभित्रै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विवादमा अल्झिएको छ । कांग्रेसको आन्तरिक अन्योल र नेतृत्व संकटको पृष्ठभूमिमा ओली र प्रचण्डबीचको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण र रणनीतिक महत्वको रूपमा हेरिएको छ ।

आगामी निर्वाचन नजिकिँदै जाँदा यस्ता भेटघाटले नयाँ राजनीतिक समीकरण, सम्भावित गठबन्धन र चुनावी रणनीतिलाई स्पष्ट पार्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १२ : ४४ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले