काठमाडौं । मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
आइतबार (आज) साँझ अन्दाजी ५ः२० बजेको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा अन्य ३ जना पनि घाइते भएका छन् ।
काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले जानकारी दिए। सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको डीएसपी बोगटीले बताए।
मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया