२३ पुस २०८२, बुधबार | January 7, 2026

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (विवरणसहित)



काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा यही पुस २५ गतेदेखि लागू हुने गरी आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ नेपाल न्याय सेवाका राजपत्राङ्कित श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गते आफू खटिएको निर्वाचन कार्यालयमा कार्यालय स्थापना र सञ्चालन गर्न पनि जिम्मेवारी दिइएको छ ।

सबै निर्वाचन अधिकृतको सूची आयोगको वेबसाइटमा समावेश गरिएको छ । एक मात्र प्रतिनिधि सभा सदस्य भएका जिल्ला तथा जिल्ला सदरमुकाम भएका निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतले निर्वाचन गराउनेछन् भने बाँकी निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतले कार्यभार सम्हाल्नेछन् ।

आयोगका अनुसार रुपन्देही ३ मा रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेत, बाँके २ मा बाँके जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहाल र बाँके ३ मा जिल्ला न्याधिवक्ता दशरथ गौतम निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ३६ बजे

कांग्रेसका उम्मेदवार चयनप्रति गगन थापाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग गरेको गठबन्धन र उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : यी हुने नेकपाका १८ उम्मेदवार

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, मधेशी दलबीच समीकरण; नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिँदै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी

नवलपुरको मध्यबिन्दुमा बोरा भित्र महिलाको शव फेला, हत्या भएको आंशका

नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका ११ बाउन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय