२४ पुस २०८२, बिहिबार | January 8, 2026

निर्वाचन आउन ५९ दिन बाँकी : मुख्य र निर्वाचन अधिकृत माघ २ गतेदेखि क्षेत्रमा खटिने



काठमाडौं । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ ।

आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो ।

आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ५४ बजे

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक

प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छपाइ अन्तिम चरणमा, समानुपातिक मतपत्र आजबाट छपाइ हुँदै

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै

रहबर अन्सारीद्वारा नेकपा परित्याग

काठमाडौं । मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’

थारु संस्कृति र पहिचान झल्किने खिचडी महोत्सव शनिबारदेखि बुटवलमा आयोजना हुने

बुटवल । माघे सङ्क्रान्ति अर्थात् थारु सम्बत २६४९ औँ माघी