२३ पुस २०८२, बुधबार | January 7, 2026

विशेष महाधिवेशन प्रस्ताव निष्क्रिय भएको भन्दै कांग्रेसद्वारा जिल्ला तहमा परिपत्र



काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखमा नियमित महाधिवेशन आयोजना गर्ने निर्णयसहित तल्ला तहका पार्टी निकायहरूलाई परिपत्र गरेको छ।

कांग्रेसद्वारा जारी परिपत्रमा विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भइसकेको जनाउँदै नियमित महाधिवेशन वैशाखमै हुने स्पष्ट गरिएको छ। परित्रपत्रमा फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउँदै पार्टीको पक्षमा बहुमत हासिल गर्न सबै तह र क्षेत्रबाट सक्रियता देखाउन आग्रह गरिएको छ।

परिपत्रअनुसार माघ ३ गतेभित्र सदस्यता शुल्कसहितको विवरण केन्द्रमा बुझाइसक्न निर्देशन दिइएको छ।

विशेष महाधिवेशनको पक्षमा रहेका महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव मंसिर १५ गते नै स्वतः रद्द भइसकेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : २३ बजे

‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’

रुपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन

सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

काठमाडौँ । गृह मन्त्रालयले तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक