२३ पुस २०८२, बुधबार | January 7, 2026

एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने, कांग्रेस कार्यसम्पादनको बैठकको निरन्तरता



काठमाडौँ । निर्वाचन नजिकिएसँगै प्रमुख दलहरुले बैठकलाई तिब्रता दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ भने नेपाली कांग्रेसले आजबाट सुरु भएको कार्यसम्पादन समितिको बैठकलाई मङ्गलबार पनि जारी राख्ने भएको छ ।

एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठक मङ्गलबार बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौँमा बस्ने भएको छ ।

उता नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि मङ्गलबार पुनः बस्ने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक पुनः मङ्गलबार बिहान ११ः०० बजे बस्ने उनले बताए ।

आजको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा राखेका थिए ।

यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ३२ बजे

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवार, लुम्बिनीमा रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू तय