५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बाँकेको कोहलपुर र खजुराबाट श्रीमान श्रीमतीसहित लागुऔषध कारोबारेहरु पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले बाँकेको कोहलपुर र खजुराबाट लागु औषधका कारोबारेहरुलाई पक्राउ गरेको छ । प्रहरी पक्राउ गरेका कारोबारेमा एकाघरका श्रीमान श्रीमती समेत रहेका छन् ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ बाट अवैध लागुऔषध ब्राउनसुगर सहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ६ ग्राम ३५० मिलिग्राम र नगद ८९ हजार ९ सय रुपैयाँसहित पक्राउ पर्नेहरूमा कोहलपुर–११ मा डेरा गरी बस्ने कालिकोटको रास्कोट नगरपालिका–५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी २० वर्षीया श्रीमती कृपा तामाङ रहेका छन् ।

उनीहरू बस्दै आएको कोठा तलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले बाँकेको खजुराबाट पनि ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । खजुरा–७ गुनाहाना चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित सोही स्थानका ४७ वर्षीय समि उल्ला भाटलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : २६ बजे

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको