काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।
बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी रणनीति र तयारीबारे छलफल हुने बताइएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभाका रिक्त पदहरूको निर्वाचनका लागि भोलि पुष २३ गते उम्मेदवारको नाम दर्ताको कार्यक्रम रहेको छ । त्यसअघि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न दलसँग तालमेलबारे संवाद अघि बढाइरहेको छ।
बैठकमा यसबारे अन्य समसामयिक राजनीतिक गतिविधिबारे पनि छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका छन् ।


















प्रतिक्रिया